रस अनलाइन खबर २०७७-०६-०२
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान पोखरा महानगरका २ जना सहित गण्डकी प्रदेशमा ४१ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखराको वडा नं १ का ३८ वर्षीय पुरुष तथा पोखरा ३ की ५४ वर्षिया महिलामा सङक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
त्यसै गरी निर्देशनालयले तनहुँ देवघाट ५ का २७ र ५८ वर्षका पुरुष तथा शुक्लागण्डकी ४ का १६ र २१ वर्षीय पुरुष, स्याङजाका ५४ वर्षीय पुरुष एवं नवलपुर देबचुली, गैंडाकोट र कावासोतीका ४ वर्षीय बालकदेखि ७७ वर्ष उमेर समुहका २४ पुरुष तथा १५ वर्षीया बालिका देखि ६० वर्ष उमेर समूहका १० महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ३ सय २१ पुगेको छ ।
(Visited 10 times, 1 visits today)