दूधसँग यी खानेकुरा कहिल्यै नखानुस्, पर्छ स्वास्थ्यमा असर

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-३०

दूध आफैंमा पूर्ण आहार हो । पौष्टिक तत्त्वले भरपूर दूध सेवन गर्दा क्याल्सियम, प्रोटीन लगायत शरीरलाई आवश्यक सबै तत्त्व पाएर शरीर राम्रो किसिमले विकसित हुन्छ ।

तर दूधसँग कुनै कुनै खानेकुरा खान हुँदैन । आयुर्वेदले बताएअनुसार, वर्जित खानेकुरालाई दूधसँगै खाँदा स्वास्थ्यलाई हानि पुग्छ ।

नुनिलो कुरा
विज्ञहरूका अनुसार, नून र दूध एकैपटक सेवन गर्नुहुँदैन । यसले कलेजो गलाइदिन्छ । दूधमा प्रोटीन र नूनमा आयोडिनको मात्रा बढी हुँदा एकैचोटि लिँदा कलेजो खराब भइदिन्छ ।

केरा
कफको समस्या भएका मानिसले दूध केरा मिसाएर खानुुहुँदैन ।

काँचो प्याज
दूध पिउनुअघि वा तत्काल पछि काँचो प्याज खाँदा छालाको संक्रमण हुने खतरा रहन्छ । यसले दाद र चिलाउने समस्या निम्त्याउन सक्छ ।

माछा
माछा खाएपछि दूध वा दुग्ध परिकार खाँदै नखानुस् । नत्र छालामा सेतो दाग देखिन थाल्छ ।

मसला भएको खाना
मसला हालेको खानेकुरासँगै वा त्यसलगत्तै दूध पिउँदा पाचन प्रणालीमा समस्या देखिन्छ । यसले खाना पचाउन गाह्रो हुने, पेट दुखाउने, पेट पोल्ने, ग्यास जम्मा हुने लगायतका समस्या आउँछन् ।

अमिलो खानेकुरा
दूध पिएलगत्तै कागती वा अमिलो खानेकुरा खाँदा नपच्ने समस्या आउँछ । पेटमा दूध फोटेर एसिडिटी, बान्ता आउने वा वाकवाक लाग्ने समस्या आउँछ ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *