छुरा प्रहार गरी छोराको हत्या

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-३०

पर्साको पोखरिया नगरपालिकामा छुराले प्रहारले बुवाले छोराको हत्या गरेका छन् ।

नगरपालिकाको वडा नं. ६ श्रीसियाका स्थानीय ७० वर्षीय लक्ष्मी साहले सोमबार राति ८ बजेतिर प्रहार गरेको छुराले ३५ वर्षीय छोरा माधो साहको ज्यान गएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गर्ने लक्ष्मी साहलाइ इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चन्दकुमार सिंहले बताए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका माधोको उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *