खोलाले गाडी बगायो

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२९

दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत हापुर खोलाले सोमबार ब्रोइलर कुखुराका चल्ला बोकेको गाडी बगाउँदा ३ लाख मूल्य बराबरको क्षति पुगेको छ ।

चितवनबाट आएको ना ४ ख १४४६ नम्बरको गाडीसहित ७०० कुुखुराका चल्ला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चालक र सहचालकलाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । खोलामा पुल नहुँदा अहिले पनि सवारीसाधन आवतजावतमा समस्या भएको छ ।

त्यस्तै आइतबार रातिदेखि परेको लगातारको वर्षाले दाङका दुई घरमा क्षति पुर्याएको छ । घोराही उपमहानगरपालिका-१० खैराका दुई घरमा बाढी पस्दा मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडामा क्षति पगेको छ ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *