रस अनलाइन खबर आज २०७७-०५-२९
यी ४ प्रकारका बजारमा आएका मास्कहरू मध्ये, जान्नुहोस सबैभन्दा कुन राम्रो !
को’रोना भाइरसवि’रुद्धको ल’डाईंमा मास्क सबैभन्दा ठूलो हतियार बनेर अगाडि आएको छ । सीडीसी, डब्लूएचओ जस्ता कयौँ स्वास्थ्य संस्थाहरू मानिसलाई मास्क लगाउन अपील गरिरहेका छन् । नेपालमा पनि स्वास्थ्य मन्त्रालयले मास्कलाई अनिवार्य गरेको छ । यसका बाबजूद पनि मानिसहरु ला’परवाहि गरिरहेका छन् ।
तर, मास्कको मद्यतबाट तपाईं सासको माध्यमबाट अरुलाई सं’क्रमित गर्न र सं’क्रमण आफूमा सार्न रोक्न सक्दछ । खोक्दा, हाच्छिउँ गर्दा या कुरा गर्दाको समय मास्कले भा’इरसयुक्त कणलाई रोक्दछ । जसले भा’इरस एक अर्कामा पुग्ने सम्भावनालाई कम गर्दछ । बजारमा चार तरिकाको मास्कहरू उपलब्ध छन् । यसको छुट्टाछुट्टै महत्व छन् । यसकारण सहि मास्क चुन्नुहोस, सुरक्षित रहनुहोस् ।
१. एन-९५ मास्क
यो महामा’रीको समयमा सबैभन्दा चर्चित मास्क हो एन-९५ । यो मास्कले साना पार्टिकल्स (०.३ माइक्रोन्स) लाई करिब ९५ प्रतिशतसम्म रोक्ने गर्दछ । यो मास्क सिंगल यूजको लागि हुन्छ र पोलिस्टर र अर्को सेन्थेटिक फाइबर्सबाट बनेको हुन्छ । यसमा फाइबरको एक लेयर हुन्छ जसले फिल्टरको काम गर्दछ । यसले कणलाई रोक्ने गर्दछ ।
यो मास्क लगाउँदा छाला र मास्कको ग्याप हुनु हुँदैन । यसमा एउटा नोजपीस हुन्छ जुन अनुहारको आकारको हिसावमा राख्न सकिन्छ । यो मास्क बच्चाको अनुहारमा फिट हुँदैन । ठूलो मान्छेको पनि दाह्री बढेमा पनि ठिक हुँदैन ।
केहि एन-९५ मास्कमा एक्जेलेशन भल्व पनि हुन्छ जसले सास फेर्न सजिलो बनाउँछ । यो मास्क विशेष गरी कन्स्ट्रक्सनमा उपयोग हुन्छ । भल्व भएको मास्क हस्पिटलको अपरेशन रुमजस्ता स्थानमा उपयोग गर्नु हुँदैन । सो स्थानमा यो मास्क लगाएर सास फेर्दा अर्काको सुरक्षा हुँदैन ।
२. मेडिकल मास्क
यो प्रकारको मास्कका धेरै प्रकारहरु हुन्छन र एन-९५ भन्दा कम प्रभावी हुन्छन् । यो मास्कले ल्याब कन्डिशन भित्र ६० देखि ८० प्रतिशत साना कणलाई रोक्छ । यदि तपाईंले मेडिकल मास्क सहि तरिकाले लगाउनुभएको छ भने को’रोना भा’इरस रोक्न मद्यतकारी हुन सक्छ ।
सामान्यतयाः मेडिकल मास्क सास फेर्न लायक र पेपर जस्तो सेन्थेटिक फाइबरबाट बनेको हुन्छ । यो रेक्टेंगल आकारमा हुन्छ । यसको आकारको कारण यसले अनुहारमा आरामले फैलिएर फिट हुन्छ । यो मास्क डिस्पोजेबल हुन्छ र एकपटक प्रयोग गर्नको लागि बनेको हुन्छ ।यो मास्कले तपाईंलाई ठूला कणबाट बचाउँछ । तर अनुहारमा खुकुलो हुनाले यो एन-९५ को तुलनामा कम असरदार हुन्छ ।
३. होम मेड मास्क
मेडिकल मास्कको कम सप्लाई हुँदा मानिसले घरमा बनेको मास्कको प्रयोग गरे । यदि राम्रो फेब्रिक र राम्रो तरिकाले यसको निर्माण गरिएको भए मेडिकल मास्कजस्तै सुरक्षा दिन्छ ।
एक राम्रो होम मेड मास्क यस्तो मेटेरियलबाट तयार गरिएको हुन्छ जसले भाइरसको पार्टिकल रोक्न सक्षम हुन्छ । यो कटन फेब्रिकबाट बनेको हुन्छ ।यस्तो मास्क हेवी कटन टिशर्ट बाट निर्माण गर्न सकिन्छ । धागोको मात्रा बढि भएको थप सुरक्षित हुन्छ । इन्टरनेटमा कटन मास्क बनाउने अनेक तरिका छन । यस्तो मास्क खोज्नुहोस जसमा कमसेकम दुइवटा लेयर होस र तपाईंको नाक र मुखलाई कभर गरोस् ।
४. होम मेड फिल्टर मास्क
यस मास्कमा १०० प्रतिशत कटन टिशर्टबाट बनेको हुन्छ । यो मास्कको पछाडि एक गोजी हुन्छ जसले फिल्टरको काम गर्दछ ।
हामीले यसमा फिल्टरको प्रयोग गरेका छौँ । पेपर टावेल पनि टेस्ट गरिसकिएको छ । एक प्रयोग बताउँछ कि पेपर टावेलको दुई लेयर ०.३ माइक्रोनको २३ देखि ३३ प्रतिशत सम्म ब्लक गर्दछ ।
मानिसहरु यो समय कयौँ प्रकारका फिल्टर मेटेरियलको उपयोग गरिरहेका छन् । यसमा एयर फिल्टर र भ्याकूम ब्याग्स छन् । यो असरदार हुन सक्छ, तर यसमा जोखिम कम हुन्छ । कयौँ पटक यो सास फेर्न लायक हुँदैन र कयौँ पटक हानिकारक फाइबर हुने गर्दछ जसबाट तपाईं सास फेर्नुहुन्छ ।
यसको अलवा एक औसत व्यक्तिलाई यतिविघ्न फिल्टरेशनको आवश्यकता हुँदैन । तपाईं जुनसुकै पनि फिल्टर को उपयोग गनुहोस्, यो पक्का गर्नुहोस कि यसको साइडमा कटन या त्यस्तै कुनै पदार्थको कुनै लेयर छ कि छैन ।
मास्कलाई ठिकसँग लगाउनु जरुरी
एउटा मास्क तब मात्र प्रभावी हुन्छ जब यसलाई ठिकसँग लगाइन्छ । बाहिर वा कुनै सार्वजनिक स्थानमा गएको समय मास्क अनिवार्य लगाउनु पर्दछ । याद राख्नुहोस, यसलाई पटक पटक माथि-तल नगर्नुहोस् । कुनैपनि मास्कले सय प्रतिशत सुरक्षा दिँदैन । तसर्थ, पटक-पटक हात धुने र सामाजिक दुरीसँगै तपाईं बढी सुरक्षित हुन सक्नुहुन्छ । द न्यूयोर्क टाइम्सबाट अनुवादित्