बन्चरो प्रहारगरी आमाको हत्या गरे छोरोले

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२९

पूर्वी जिल्ला झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजे छोराले आमाको हत्या गरेको छ ।
बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको जानकारी प्रहरीले दिएको छ ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले वताउनुभयो । नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिनुभयो ।

हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले वताउनुभयो ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *