बागलुङमा पहिराले पुर्दा बेपत्ता

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२६

बागलुङकोे बडिगाड गाउँपालिकामा पहिराले पुरिएर एक जना बेपत्ता भएका छन् ।

बिहीबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिराले बारीमा काम गर्दै आएका बडिगाड गाउँपालिका-१० निगलपानीका-३५ वर्षीय दानबहादुर घर्तीमगर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

घर्तीमगर शुक्रवार बिहान तरकारीबारीमा काम गरिरहँदा माथिबाट खसेको पहिराले पुरेर बेपत्ता हुनुभएको हो । स्थानीयवासीको सक्रियतामा बेपत्ताको खोजी जारी छ । घटनास्थलतर्फ भीमगिठे प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी खटाइएको छ ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *