रस अनलाइन खबर आज २०७७-०५-२६
पोखरामा शुक्रबार बिहान थप २ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान कास्कीको पोखरा १ का ६२ वर्षीय पुरुष र १० की ६२ वर्षीया महिला सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा सहित तनहुँ सुक्लागण्डकी ५ का ५९ बर्षीय पुरुष , स्याङजा पुतलिबजारका ४० र ५१ वर्षीय पुरुष, नवलपुर कावासोतीका ३ पुरुष र २ महिला तथा गैंडाकोटका ४ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ४७ पुगेको छ ।
(Visited 7 times, 1 visits today)